काठमाडौं ।

लगातार बढेको सुनको मूल्य आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घरेर २ लाख ८३ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको हो ।यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

शुक्रबाट चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।