काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १ सय १० रुपैयाँले बढेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।