काठमाडौैं उत्पादन निर्यातमा भारतबाट भइरहेको कारण नेपालका चिया उद्योग बिहीबारदेखि बन्द हुने भएका छन् ।
चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि त चिया उद्योगीले यस्तो कदम चालेका हुन् । नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको छ ।
त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ । नेपाल चिया उत्पादक सङ्घ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी चिया उद्योग र चिया बगान बिहीबारदेदि बन्द गर्ने जानकारी दिएका छन् । चिया उद्योग क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी दिएको छ ।
चिया उद्योगले वार्षिक एक अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ । चिया उद्योग बन्द हुँदा धेरैको राजगारी गुम्नुको साथै राजस्वमा समेत असर पर्ने भएको छ ।