काठमाडौं सुनचाँदीको भाउ अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा मंगलबार तोलामा पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाला सुन मंगलबार तोलामा दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य समेत तोलामा ४५ रुपैयाँले बढेर पाँच हजार ८५ रुपैयाँ पुगेको छ । सुनचाँदीको मूल्यमा अन्तराृष्टिय बजारमा उत्तरचढाव आउँदा त्यसको असर नेपालमा पनि परेको हो ।