काठमाडौं । गत साता अप्रत्यासित रुपमा घटेको सुनको भाउ अहिले भने उकालो लाग्न थालेको छ ।

सुनको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ छापावाला सुन आइतबार प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा ५५ रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँ पुगेको छ । सुनचाँदीकोे मूल्य अन्तर्राष्ट्रिय बजारमा उतरचढाव भइरहँदा त्यसको असर नेपालमा पनि परेको हो ।