काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २ सय १ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएको जनाएको हो। उक्त अवधिमा पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १ सय किलोवाटका ६ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन भित्रिएको भन्सार विभागले जनाएको हो । विभागले पछिल्लो समय विद्युतीय सवारीसाधन आयातमा वृद्धि भएको जानकारी गराएको छ ।



चालु आर्थिक वर्षको ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रूपैयाँ बराबरका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।


भन्सार विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २ सय १ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएको जनाएको हो। उक्त अवधिमा पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १ सय किलोवाटका ६ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन भित्रिएको भन्सार विभागले जनाएको हो । विभागले पछिल्लो समय विद्युतीय सवारीसाधन आयातमा वृद्धि भएको जानकारी गराएको छ ।