काठमाडौं ।
मुलुकमा चालु आर्थिक वर्षको राजश्व अघिल्लो पटक भन्दा तीन प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२–०८३ मा शुक्रबारसम्म १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
जुन गत वर्षका तुलनामा करिक तीन प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष सकिन चार दिन अघि अर्थात् असार २६ गतेसम्म लक्ष्यको ८० प्रतिशत राजश्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्वको उठाउने लक्ष्य लिँदा ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ संकलन भएको थियो । जुन लक्ष्यको भएको ७७ दशमलव १५ प्रतिशत हो । यस पटक भने राजश्व गत वर्षको तुलनामा बढेर करिब ८० प्रतिशत पुगेको छ ।
गएको आर्थिक वर्षमा जेनजी आन्दोलनको क्रममा विभिन्न उद्योग तथा व्यवसायिक घरानामाथि गरिएको आजगनी र तोडफोडले राजश्व प्रभावित बनेको थियो । तर यस पटक भने संसदीय निर्वाचनसँगै राजनीतिक स्थिर बनेपछि अर्थतन्त्र लयमा फर्कन थालेको हो ।