काठमाडौं विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला डा.अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिनुभएको छ ।
सांसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिएको हो । कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पु¥याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न समेत चुनौती दिनुभएको छ । समिति सदस्यहरुले दुई अर्ब चलखेल भएको बताएपछि उहाँले दुई अर्ब मात्रै हैन दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उहाँको भनाइ थियो ।