काठमाडौ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा देखिए पनि देशको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबाबमा रहेको बताउनुभएको छ ।


ललितपुरमा बिहीबार आयोजित ‘वोधी संवाद’ कार्यक्रमलाई सम्बोधन गर्र्दै आईएमएफ) का प्रमुख प्रणव गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर बने पनि बजारको वास्तविक चित्र भने चुनौतीपूर्ण रहेको बताउनुभएको छ । बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढ्नु र सहकारी क्षेत्रको संकट गहिरिँदै जाँदा आन्तरिक अर्थतन्त्रभित्र शिथिलता कायम रहेको उहाँको विश्लेषण छ । देशको वाह्य सूचकहरू राम्रो हुनुमा रेमिट्यान्स प्रवाह मुख्य जिम्मेवार रहेको उल्लेख गर्नुभयो । 


नेपालको अर्थतन्त्रलाई दिगो र उच्च वृद्धिदरको बाटोमा लैजानका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण नै सबै भन्दा बलियो जग बन्नसक्ने प्रमुख गुप्ताको बुझाइ छ ।