काठमाडौं  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताउनुभएको छ ।

कठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने बताउनुभएको हो । सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताउनुभयो । मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दावी समेत गर्नुभएको छ ।

जसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने उहाँको जिकिर रहेको छ । निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताउनुभएको छ । आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पु¥याउने र अर्थतन्त्रको आकार १ सय अर्ब डलरको हाराहारीमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।