काठमाडौं
अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् ।
बैंकहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार १० बैंकको ब्याजदर स्थिर रहेको हो । यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा प्राइम बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् । ९ वटा बैंकहरुले बैशाखको लागि ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् । यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको हो । सोही बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा शुन्य दशमलव शुन्य तीन प्रतिशत विन्दुले वृद्धि गरेको जनाएको छ ।