काठमाडौं ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभएको छ । 

पूर्वअर्थमन्त्री खतिवडाले अर्थको अर्थद्वारा आयोजित कार्यक्रममा राष्ट्र बैकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागिएको आरोप लगाउनुभएको हो । पूर्वअर्थमन्त्री खतिवडाले गभर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउनेगरी सरकारले कानुन बनाउन लागेको बताउनु भयो । यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उहाँको भनाई छ ।

खतिवडाले नियामक निकायलाई कमजोर बनाउने नलाग्न सुझाव दिनुभएको छ । पाँच वर्षको गभर्नरको कार्यकाल विश्वव्यापी अभ्यास रहेको र यो केन्द्रीय बैंकको संस्थागत स्वायत्ततासँग जोडिएको खतिवडाको भनाई छ । पूर्वमन्त्री खतिवडाले राष्ट्र बैंकलाई कानुनले दिएको कार्यात्मक स्वायत्तता व्यवहारमै कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । 

पूर्वअर्थमन्त्री खतिवडाले सरकारले आफ्नो बजेटको पूर्ण उपयोग गर्न नसकेको उल्लेख अर्थतन्त्र चलायमान बनाउन बजेट खर्च गर्ने क्षमता सुधार्नुपर्ने बताउनुभएको छ