काठमाडौं ।

भोटेकोशी बाढी पीडितहरुको लागि विभिन्न ठाउँ तथा निकायबाट राहत जुट्ने क्रम जारी छ । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलवारसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ । मंगलवार बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न ९ बैङ्कमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ ।