काठमाडौं  सोमबार सामान्य सुधार आएको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज फेरि घटेको छ ।

नेप्से परिसूचक मंगलबार २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा अडिएको छ । मंगलबार तीन सय ४९ कम्पनीको एक करोड ४० लाख १३ हजार एक सय ६७ कित्ता शेयर, एक लाख ५१ हजार दुर्य सय ८६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार नौ सय ७६ रुपैयाँको कारोबार भएको छ । मंगलबारको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।