काठमाडौं सोमबार उकालो लागेको सुनचाँदीको भाउ आज फेरि घटेको छ । रोल
सुनको भाउ अघिल्लो दिनको तुलनामा आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य समेत तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । ००००