काठमाडौं नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।

बुधबार तोलामा १० हजार १ सय रूपैयाँ र बिहीबार प्रतितोला ५ हजार १ सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य तोलामा १५ हजार २ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ।

बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला ४ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।चाँदी बिहीबार तोलामा ४ हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ९० रूपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।