काठमाडौं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
काठमाडौंमा बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । सोही विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कुटनीतिक पहल भइरहेको बताउनुभउनुभयो। उहाँले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले विगतमा उठाउनै नसेकका र समाधान नभएका विषयहरूमा समेत सक्रिय रूपमा वार्ता र पहल गरिरहेको दावी गर्नुभयो ।