काठमाडौ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनभएको छ ।
राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले वर्तमान आर्थिक सूचकहरू सकारात्मक रहेको बताउनुभयो । उहाँले उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको बताउनुभएको छ । उहाँले आर्थिक वर्ष २०८२÷८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव १ प्रतिशत रहेको बताउनुभयो ।
जुन गत वर्ष ४ दशमलव ७ प्रतिशत भएको बताउनुभएको छ । शोधनान्तर स्थितिः शोधनान्तर वचत थप सुदृढ हुँदै गएको उहाँको दावी छ । वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जाबीचको भारित औसत ब्याजदर अन्तर न्युनतम बिन्दुमा छ । आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४ दशमलव १ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको उहाँले बताउनुभयो ।
गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताउनुभयो । विश्व अर्थतन्त्र सन् २०२६ मा ३ दशमलव १ प्रतिशत र २०२७ मा ३ दशमलव २ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । त्यस्तै, सोही कार्यक्रममा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताउनुभयो ।
उहाँले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिब २–३ प्रतिशतको हाराहारीमा रहेको भएपनि त्यो त्यति सकारात्मक नरहेको बताउनुभएको छ । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उहाँको भनाइ छ ।