काठमाडौं ।

मुलुकमा चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । 

रेमिट्यान्स गत वर्षको तुलनामा ३८ दशमलव दुई प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ ११ महिनामा उल्लेखित रकम बराबरको रेमिट्यान्स भित्रिएको उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्सबापत भित्रिएको छ .

जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२ दशमलव आठ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।