मुलुकमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबर रेमिट्यान्स पठाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार रेमिट्यान्स ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स १३ दशमलव ३ प्रतिशतले बढेको थियो । गत वैशाख महिनामा रेमिट्यान्स २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

 अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १० दशमलव ६ प्रतिशतले बढेको थियो