काठमाडौं डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको र सरकार त्यसलाई तोड्ने अभियानमा रहेको दावी गर्नुभएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ता दावी गर्नुभएको हो । विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको समेत जिकिर गर्नुभएको छ । उहाँले मुलुकको इतिहासकै सबै भन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्ब भन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको पनि दावी गर्नुभयो । उहाँले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताउनुभएको छ । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको अर्थमन्त्री वाग्लेको दावी छ ।
अर्थमन्त्री वाग्लेले मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन ५ वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको समेत बताउनुभयो ।