काठमाडौं   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिवद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनस्र्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो विश्वास व्यक्त गर्नुभएको हो। निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले रोजगारी सिर्जना, राजश्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको अहं भुमिका रहने उल्लेख गर्नुभएको छ। नेतृत्वबाट प्राप्त सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह सञ्चार गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले पार्टी नेतृत्वको स्पष्ट मार्गदर्शन र सहयोगको आश्वासनले निजी क्षेत्रको मनोबल बढ्ने र यसले देशको आर्थिक विकासमा ठोस योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेमा उहाँको जोड छ ।