काठमाडौं मंगलबारदेखि ओरालो लाग्न थालेको शेयर बजार बिहीबार पनि घट्ने क्रम अझै जारी छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १० दशमलव शून्य सात अंकले घटेर दुई हजार सात सय ३० दशमलव १७ मा सीमित भएको हो । बिहीबार तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार सात सय ५२ कित्ता शेयर, किनबेच हुँदा तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।
बिहीबारको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् । बिहीबारको कारोबारमा युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन – ८० लगायतका लगानीकर्ताले कमाएका छन् । एशियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएको नेप्सेले जनाएको हो ।