काठमाडौं  शेयर बजार यो साता चार दिनसम्म लगातार ओरालो लागेको छ ।

नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २८ सय ४ अंकमा अडिएको नेप्से बिहीबार फेरि २७ सय ८७ अंकमा झरेको हो । अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ९ करोडमा सीमित भएको छ ।

बिहीबार कारोबार भएका विभिन्न कम्पनी मध्ये दुई सय १६ कम्पनीको शेयर मुल्य घटेको छ भने ४६ कम्पनीको बढेको छ । कारोबारमा सात कम्पनीको शेयर मूल्य भनेस्थिर रहेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूह शूल्य दशमलव ६० तथा व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेका छन् ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४२ प्रतिशत घटेको छ । बिहीबार बैंक, हाइड्रोपावर र बीमा कम्पनीका शेयर मूल्य समेत आंशिक रुपमा घटेका छन् ।