काठमाडौं    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३३ दशमलव २७ अंकले बढेको छ।

नेप्से परिसूचक दुई हजार ८ सय ६६ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । बुधबार ३ सय ४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५ सय २१ कित्ता शेयर एक लाख २३ हजार ३ सय ५९ पटक खरिदबिक्री हुँदा १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७ सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार कारोबारमा सबै समूहको उपसूचक बढेको हो । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको हो । ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।