काठमाडौं युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन थप मुलुकसँग श्रम सम्झौता गर्ने योजनालाई प्राथमिकतामा राख्ने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै श्रमसचिव दीपक काफ्लेले यस्तो बताउनुभएको हो ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने र द्विपक्षीय श्रम सम्झौतामार्फत गन्तव्य मुलुकलाई सुरक्षित बनाउने गरी बजेटमा गृहकार्य भइरहेकोबताउनुभयो । हाल नेपाली श्रमिकहरू १ सय ७८ देशमा वैदेशिक रोजगारीमा रहेको बताउनुभएको छ । उहाँले थप देशहरुसँग पनि श्रम सम्झौता गर्ने योजनाका साथ बजेट बनाइरहेको बताउनुभयो ।
सचिव काफ्लेले सामाजिक समानता, श्रमिक अधिकार संरक्षण र मर्यादित श्रम प्रवद्र्धनलाई मन्त्रालयको मुख्य प्राथमिकता रहने पनि बताउनुभयो ।