काठमाडौं
साताको शुरुदेखि निरन्तर उकालो लागेको सुनचाँदीकोे भाउ आज भने घटेको छ ।
सुनको भाउ अघिल्लो दिनको तुलनामा आज तोलामा तीन हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन बिहीबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य समेत तोलामा एक सय ६५ रुपैयाँले घटेर चार हजार सात सय ८० रुपैयाँमा झरेको छ । सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा नेपालमा पनि त्यसको असर परेको हो । महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश ५ हजार दुई सय अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔश ८५ डलरमा किनबेच भइरहेको छ ।