काठमाडौं । 

आज सुनचाँदीको भाउ बढेको छ । 

सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ आज तोलामा १ सय ६५ रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ सय ८० रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि चाँदीएकैदिन तोलामा १ सय ८० रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।