काठमाडौं केही दिनदेखि बढेको सुनचाँदीकोे भाउ आज भने ओरालो लागेको छ ।
सुन बुधबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन आज प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा तीस रुपैयाँले घटेर पाँच हजार एक ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा नेपालमा पनि त्यसको असर परेको हो ।
महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश चार हजार सात सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चाँदी प्रतिऔश ७७ डलरमा किनबेच भइरहेको छ ।