काठमाडौं

तीन दिन लगातार उकालो लागेको सुनचाँदीको भाउ आज भने घटेको छ ।सुनको भाउ अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा चार हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आज प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी समेत तोलामा एक सय ५० रुपैयाँले घटेर चार हजार आठ ७५ रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा त्यसको असर नेपालमा पनि परेको हो । महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश चार हजार सात सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।चाँदी प्रतिऔश ७३ डलरमा किनबेच भइरहेको छ