काठमाडौं ।
गएको साता लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज भने बढेको छ ।
सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा आइतबार तोलामा एक हजार छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तोला छापावाल सुन आज प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य समेत तोलामा ६० रुपैयाँले बढेर चार हजार चार सय १० रुपैयाँ पुगेको छ । सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा त्यसको असर नेपालमा पनि परेको हो । महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश ४ हजार ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔश ५८ डलरमा किनबेच भइरहेको छ