काठमाडौं सुनचाँदीको मूल्य उतारचढाव हुने क्रम जारी छ ।
आइतबार सुनको भाउ घट्दा चाँदीको भने बढेको छ । सुन शुक्रबारको तुलनामा आज तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर पाँच हजार तीन सय पुगेको छ । सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा त्यसको असर नेपालमा पनि परेको हो ।
महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश चार हजार सात सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔश ८० डलरमा किनबेच भइरहेको महासंघले जनाएको छ ।