काठमाडौं । सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी छ । 

सुनको भाउ अघिल्लो कारोबारको तुलनामा मंगलबार तोलामा चार हजार पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आज प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मुल्य समेत तोलामा२५ रुपैयाँँले घटेर चार हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

सुनचाँदीकोे मूल्य अन्तरराष्ट्रिय बजारमा उतरचढाव भइरहँदा त्यसको असर नेपालमा पनि परेको हो । महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँश तीन हजार नौ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔश ५८ डलरमा किनबेच भइरहेको छ ।