काठमाडौं ।


दुर्ई दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज भने बढेको छ । सुनको भाउ बुधवार तोलमा एक हजार सात सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आज प्रतितोला तीन लाख एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ समेत तोलामा ८५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला चार हजार ६ सय ८५ रुपैयाँका किनबेच भइरहेको महासंघले जनाएको छ ।