काठमाडौं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार मूल प्राथमिकतामा रहेको बताउनुभएको छ ।
काठमाडौंमा सोमबार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराउने दावी गर्नुभयो । ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आगामी बजेट सुधारवादी बजेट आउने बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा विशेष ध्यान दिन दावी गर्नुभएको छ । केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको बताउनुभयो ।