काठमाडौ ।

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । 

आज नेप्से १८.०७ अङ्कले बढेर २ हजार ५ सय ६० दशमलब ८४ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार बजारमा कुल ३ सय ५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८ सय ४४ पटक खरिदबिक्री भएका छन ्। यसबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार कुल १ सय ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । सोमबार फाइनान्स र ट्रेडिङ बाहेक सबै सूचक बढेका छन् ।

बाढीका कारण विभिन्न संरचना बन्द हुँदा निर्जीवन बीमा क्षेत्रमा देखिएको पहिरो अहिलेको सुधारले थामेको देखिएको छ । बैंकिङ र उत्पादनमूलक क्षेत्रमा समेत सोही अनुसारको वृद्धि देखिएको छ । कारोबार रकमका आधारमा सोमबार रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २५ करोड २१ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।