काठमाडौं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताउनुभयो । सेवा प्रवाहमा केन्द्रित रहेको बताउदै उहाँले उक्त सेवा प्रवाह डिजिटल माध्यम र कतिपय अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर गरिने बताउनुभयो  अर्थमन्त्री वाग्लेले पर्यटन, निर्माण, कृषि, सिंचाई, ऊर्जा लगायतका सबै क्षेत्रमा समग्र सुधार र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको दावी गर्नुभएको छ। उहाँले बताउनु भयो । उहाँले कानूनी सुधारतर्फ पनि सरकार सक्रिय रहेको जनाउँदै पुराना ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले दर्जनौँ ऐनहरूलाई बजेटमार्फत संशोधन वा खारेज गर्ने तयारी भइरहेको समेत बताउनुभएको छ । आर्थिक सुधारलाई तीब्रता दिन आवश्यक परे अध्यादेश वा बजेटमार्फत ठूला संरचनात्मक परिवर्तन ल्याउने योजना सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो ।