काठमाडौं ।

सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । 

यस दिन बजार परिसूचक नेप्से ३० दशमलब ६० अंक घटेसँगै २ हजार ५ सय ७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो ।

सो दिन नेप्से २ हजार ५ सय ६० अंकमा थियो । बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो । आज दिनभरजसो बजार रातो रह्यो ।

२२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् ।

व्यापार सबैभन्दा धेरै २ सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा ३० प्रतिशत घट्यो । बैंकिङ ० दशमलब ६८, विकास बैंकसोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा ८३, फाइनान्स १ दशमलब ३२, होटल तथा पर्यटन १ दशमलब ९९, जलविद्युत् १ दशमलब ९८, लगानी ० दशमलब ८८, जीवन बीमा १ दशमलब ०७, उत्पादन तथा प्रशोधन १ दशमलब ३६, माइक्रोफाइनान्स ० दशमलब ८७, निर्जीवन बीमा ० दशमलब ७५, अन्य ० दशमलब ८५ तथा व्यापार २ दशमलब ३० प्रतिशत घटे । सामुदायिक लघुवित्तको मूल्य ५ दशमलब ३७ तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।

पकार लघुवित्तको मूल्य ११ दशमलब २८ प्रतिशत घट्यो । बुद्धभूमि हाइड्रोपावरको ७ दशमलब ४७, दिव्यश्वरी हाइड्रोपावरको ६ दशमलब ५१, हिमस्टार ऊर्जाको ६ दशमलब ४२ तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६ दशमलब २४ प्रतिशत मूल्य घट्यो ।