काठमाडनैं
पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँ भन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
महानरका प्रमुख धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनुभएको हो। प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक भएको उहाँको भनाइ छ । भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने प्रमुख आचार्यको भनाइ छ । जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्ने उहाँले बताउनुभयो्। यसले करिब ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनुभएको छ । त्यस्तै, कोइकाको करिब २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुने बताउनुभयो ।
प्रमुख आचार्यले पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको बताउनुभएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बनिरहेको बताउनुभयो । ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएको महानगरले जनाएको हो ।